शिर झुक्नेगरि काम गर्नेछैन : उम्मेदवार गुरुङ

पाेखरा | कात्तिक २१, २०७९

शिर झुक्नेगरि काम गर्नेछैन : उम्मेदवार गुरुङ


पोखरा । कास्की क्षेत्र १ (ख) का उम्मेदवार दिपक गुरुङ माइलाले सोमबार पोखरा–१३ का विभिन्न ठाउँमा घरदैलो गरेका छन् । उनले वडाका चिसोपानी टोल, गौंडाको मुख, बिपि मार्ग, जय नेपाल मार्ग, उद्गम टोल, बाझापाटन  चोक, काँहुखोला पुल– माथि र मियापाटन चौतारा लगायतका क्षेत्रका  मतदातासँग भेटघाट गरेका थिए । 


मतदातासँग भेटेर विभिन्न ठाउँमा भएको कोणसभामा उम्मेदवार गुरुङले जनतालाइ सपना मात्र बाडन नआएको बताए । ‘तपाइको सपना पूरा गर्न आएको हु मेरो होइन,’ उनले भने, ‘पाँच बर्षपछि आउँदा शिर ठाडो हुने काम गरेर आउनेछु ।’


युवालाइ स्वदेश मै रोजगारिको अवसर सिर्जना गर्ने आफ्नो मुख्य लक्ष्य रहेको उनले सुनाए । ‘गाउँगाउँ घरदैलोमा जादा बुढाबुढि मात्र भेटिन्छन् । गाउँमा युवाको अभाव छ,’ उनले भने,  ‘अब स्वदेशमै अवसरको ढोका खोलेर बुढा बा आमासङै बस्ने ब्यवस्था मिलाउछु ।’  यसको साथै १३ नम्बर वडामा रहेका धार्मिक मठ, मन्दिर, चर्चको पनि व्यवस्था गर्ने गुरुङले मतदाता माझ प्रतिबद्द्ता गरे ।


पाँच दलीय गठबन्धनको साझा उम्मेदवार गुरुङले निर्वाचन अघिल्लो पटकको जस्तो उत्साह जनतामा नदेखिएको बताए । ‘गतिलो मान्छे अघिल्लो निर्वाचनमा छान्न नसक्दा तपाइलाइ निराशा छाएको छ ।  अब हाम्लाइ जिताउनुहोस कहिल्यै दुखी बनाउनी छैनौं,’ उनले भने, ‘मतदान गर्दा विवेकपूर्ण तरिकाले गर्नुहोला । तपाईसँगै सहकार्य गरेर बिकास गर्ने योजना छ ।’ उनले अबको विकास नेपाली गठबन्धनको सरकारबाट हुने बताए ।

ढोरपाटनः  नेपालको एकमात्र सिकार आरक्ष ढोरपाटनमा पहिलोपटक केन्द्रीय प्रसारण लाइनले जोडिएको छ । भौगोलिक विकटताका कारण अहिलेसम्म केन्द्रीय लाइन पुग्न सकेको थिएन । ढोरपाटन उपत्यकासहित आसपासका बस्ती लघुजलविद्य...

थप पढ्नुहोस्

पोखरा: नेकपा एमाले कास्कीका इन्चार्ज कृष्ण थापाको बिहीबार निधन भएको छ । पोखरास्थित मणिपाल शिक्षण अस्पतालमा उपचारका क्रममा चिकित्सकले उनलाई मृत घोषणा गरेका हुन् । कास्की जिल्ला पार्टी कार्यालयमा आयोजित बैठकमा सहभ...

थप पढ्नुहोस्

मकवानपुरः    मकवानपुरको मनहरी गाउँपालिका–१ मकरीमा लागुऔषध सेवनकर्ताले  आक्रमण गर्दा एक जना प्रहरी सहायक निरीक्षक र आक्रमणकारीमध्येका एक जना घाइते भएका छन् ।   प्रहरीचौकी पदमप...

थप पढ्नुहोस्